पाँचथर ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । हिलिहाङ गाउँपालिका–७, का २८ वर्षीय रमेश तामाङलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय १५ वर्षीय बालिकालाई आइतबार राति ललाई–फकाइ जङगलमा लगेर करणी गरेको पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
जोरपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
६ कार्तिक २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया