१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

साझा यातायातले भित्र्यायो विद्युतिय बस



काठमाडौं ।
साझा यातायातले ५ वटा विद्युतीय बस भित्र्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको मंगलबार ललितपुर हरिहर भवनस्थित साझा यातायातको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
साझाले केही समय पहिले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं आइसकेका छन्। भने एउटा आउने क्रममा बाटोमै रहेको साझा यातायातले जनाएको छ। बाँकी दुई आउने प्रक्रियामा छन्।
यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ। लुम्बिनी विकास कोष र एसियाली विकास बैंक (एडिबी) बीच बस खरिदका लागि सम्झौता भएको थियो। भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनुपूर्व बसलाई काठमाडौ उपत्यकाभित्र चलाउने गरी साझा यातायातलाई संयोजनको जिम्मा दिइएको हो। सो मुताविक नै साझाले बस सेवा सुरु गरेको हो। चालकसहित २० सिट क्षमताका ती बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ७ : ५९ बजे