१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

कृष्णनगरमा लगाइएको कर्फयू पूर्ण रुपमा हट्यो, बजार शान्त बन्दै



मायादेवी अनलाइन, कृष्णनगर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पछिल्लो समय खुकुलो बनाउँदै गएको कर्फयुलाई पूर्ण रुपमा हटाएको छ । भारतीय सिमा बजार कृष्णनगर क्षेत्रको जनजीवन सामान्य बन्दै गएपछि दिउँसो १२ बजेदेखि पूर्ण रुपमा कर्फयु हटाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको वैठकले कृष्णनगर बजार शान्त हुदै गएको र त्यहाको जनजीवन सहज बनेकोले कर्फुयु हटाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ । भारतीय सिमा क्षेत्रको बजार कृष्णनगर क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न भन्दै गत ४ गते साँझ ५ बजेदेखि कर्फयु लगाउदै आइएको थियो ।
प्रजिअ पोख्रेलले कृष्णनगर बजार क्षेत्रमा बडा दशैको भोली पल्ट दुर्गा पुजा मूर्ति विसर्जन गर्ने कार्यमा स्थानीय समुदायबीच भएको विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा आजदेखि कर्फयु लगाउनु परेको थियो ।
कार्तिक ४ गते साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म प्रशासनले कर्फयु लगाएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ६ : ४३ बजे