१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मन्त्री पद्माकुमारी अर्याललाई मातृ शोक



स्याङ्जा ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।

मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहनुभएकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो ।

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व. अर्यालको आज रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । (रासस)

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ३ : १४ बजे