मायादेवी अनलाइन, वाणगंगा ।
पूर्व विद्यार्थी समाज सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीले दशैँ शुभकामना आदानप्रदान तथा पुर्नमिलन कार्यक्रम गरेको छ । क्याम्पसमा सम्पन्न भएको कार्यक्रममा विं.सं २०५० सालदेखि २०७४ सालसम्म बिभिन्न तह अध्ययन पार गरेका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, क्याम्पस प्राचार्य बालाराम ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान पछि बिभिन्न निर्णय पनि भएका छन् ।
समाजलाई अझै व्यापक बनाउन सदस्यता वितरणलाई प्रभावकारी बनाउने, क्याम्पसबाट दिक्षित भएर विदा हुने विद्यार्थीलाई क्याम्पसको समन्वयमा स्वतहः समाजको सदस्य बनाउने, क्याम्पसमा पिउने पानीको व्यवस्थाको लागि अत्याधुनिक ट्याङ्की बनाउने लगायतका निर्णयहरु गरेको अध्यक्ष गोविन्द पोख्रेलले जानकारी दिनुभयो ।
सिद्धार्थ क्याम्पसबाट दिक्षीत भएर धेरै विद्यार्थीको भविष्य निर्माण भएको र उनीहरु धेरै पेशा व्यवसायमा संगठित भएर लागेको कारण सबैलाई समेट्ने गरी छिटै अर्को भेटघाटको कार्यक्रम राखिने पनि पोख्रेलले जानकारी दिनुभयो ।
क्याम्पसको केही महिनाअघि सम्पन्न रजत महोत्सवको अवसरमा गठित समाजले क्याम्पसको लागि र यस क्षेत्रको विकासको लागि बिभिन्न सामाजिक तथा जनचेतनामूक कार्यक्रम गर्ने जनाएको छ ।
६ कार्तिक २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया