चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
नेकपा स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण पार्टीको मूल कार्यभार भएको बताउनुभएको छ । देशमा राजनीतीको एउटा चरण पुरा भएकाले अब मुलुकमा सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण आवश्यक भएको उहाँले बताउनुभयो । नेकपाको वाणगंगा नगर स्तरिय शुभकामना आदानप्रदान कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेता भुसालले भन्नुभयो –“मुलुकको त्यो कार्यभार कम्युनिष्टबाट मात्र सम्भव भएकाले त्यसमा अलिकति पनि तलमाथि हुन नहुने बताउनुभयो ।”
कार्यक्रमका प्रमुख अतिथि भुसालले मुलुकमा देखा परेका सानातिना समस्याबाट विचलित हुन नहुने भन्दै त्यसमा एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । विपक्षीको धर्म आलोचना गर्ने भएकाले त्यसलाई स्वाभाविक रुपमा ग्रहण आत्तिन नहुने बताउनुभयो । नेता भुसालले मुलुकको विकास गर्न अब कम्युनिष्ट एकढिक्का भएर लाग्नुपर्नेको विकल्प नभएको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै नेता भुसालले निर्वाचन पछि मुलुकले थुप्रै उपलब्धि हासिल गरेको बताउनुभयो । नेकपा सरकार गठन भएपछि चीन संग भएको ब्यापार पारवहन सम्झौता सबैभन्दा महत्वपूर्ण भएको भन्दै यसले भारत संगको परनिरर्भता तोडेको बताउनुभयो ।
अघिल्लो सरकारले निर्माण गर्न नसकेको सम्पूर्ण नीति तथा कानुन निर्माण गर्न वर्तमान सरकार सफल भएको भन्दै छिमेकीहरु संगको सम्बन्ध पनि सुदृढ भएको उहाँले बताउनुभयो ।
जनताको बहुदलीय जनबादमा विद्याबारिधी गर्नु भएका नेता भुसालले कम्युनिष्ट पार्टीमा कम्युनिष्ट चरित्र भने हुनुपर्ने बताउनुभएको छ । यदि कम्युनिष्टमा भ्रष्ट चरित्र भए त्यसले पार्टी नै समाप्त गर्ने भन्दै यस विषयमा सबैको ध्यानाकर्षण गराउनुभयो ।
नेता भुसाालले सरकार सफल र असफल हुनुमा नेतृत्वमात्र दोषी नहुने भन्दै आम कार्यकर्ताको पनि यसमा दोष हुने बताउनुभयो । सरकार सञ्चालन र पार्टी सञ्चालनमा अलिकति अलमल भएको स्विकार गर्दै नेतृत्वले यसलाई गम्भिर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । नेता भुसालले दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्विकार गर्नुभयो ।
६ कार्तिक २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया