गुल्मी ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ ।
ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिनुभएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यालय प्रमुख तथा कर्मचारीहरुसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन् निर्मम ढङ्गले लागेको बताउनुभयो ।
उहाँले निर्मला पन्त हत्याकाण्डका अपराधी सरकारले पानीमुनि लुकेकै भए पनि नछाड्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । (रासस)
६ कार्तिक २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया