१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

प्रधानन्यायधीसको गुनासो, फैसलालाई सरकारले कार्यान्वयन गरेन



भैरहवा ।
प्रधानन्यायधीश ओमप्रकाश मिश्रले अदालतले गरेका आदेश सरकारले कार्यान्वयन नगरेको बताउनुभएको छ । सोमबार भैरहवामा पत्रकारसँगको संक्षिप्त कुराकानी गर्दै उहाले अदालतले गरेको आदेश (फैसला मध्ये २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको बताउनुभयो ।
’हामीले जति पनि फैसला (आदेश जारी गरेका छौँ त्यसको २० प्रतिशत पनि सरकारले कार्यान्वयन गरेको छैन, उहाले भन्नुभयो । उहाले न्यायको अनुभुती दिलाउनका लागि सरकारले अदालतको आदेशलाई कार्यान्यवन गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाले फेवाताल भित्रको जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको र दर्ता बदर गर्न अदालतले फैसला गरेपनि अहिलेसम्म सरकारले त्यसलाई कार्यान्वयन नगरेको गुनासो पोख्नुभयो । सडक निर्माणको क्रममा निर्माण व्यवसायीले धुँलो उडाएर स्वास्थ्यसँग खेलवाड गरेको पाइएमा क्षतिपूर्ति समेत भराउन आदेश हुनेसक्ने बताउनुभयो ।
समाजिक उत्तरदायित्व अन्र्तगत जनस्वास्थ्य सँग खेलवाड लगायत अन्य विषयमा अदालतमा मुद्दा आएमा समाजको हितमा फैसला सुनाइने उहाको भनाई छ । निर्माणाधिन बेलहिया बुटवल सडकखण्डमा ठेकेदारको चरम लापरवाहीका कारण अत्याधिक धूलो र सवारी दुर्घटना समेत बढेको पाइएको छ ।
उहाले जिल्ला र उच्च अदालतले समयसीमा भित्र मुद्दाहरु फर्छ्यौट गर्ने गरेपनि न्यायधीशको अभावमा सर्वोच्च अदालतमा मात्र मुद्दाहरु चाप यथावत रहेको बताउनुभयो । गृहजिल्ला रुपन्देहीको मर्चवार क्षेत्रमा रहेका प्रधानन्यायधीश मिश्रले आफ्नो क्षेत्रको विकासमा आफू लाग्ने र त्यो भन्दा बढी जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  १ : ०८ बजे