मायादेवी अनलाइन, कृष्णनगर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा सोमबार साँझ ५ बजे देखि लागेको कर्फु फेरी हटाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार कर्फु दिउँसो १२ बजे सम्मका लागि हटाइएको हो । कृष्णनगरको जनजीवन सामान्य बनाउनका लागि अर्को आदेश जारी नहुँदा सम्म १२ बजे सम्मका लागि कर्फु हटाएको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले बताए ।
शनिबार देखि अशान्त बनेको भारतीय सिमावर्ती कृष्णनगरमा आइतबार साँझ देखि कर्फु लगाइएको हो । आइतबार विहान देखि साँझ सम्म दुई चरणमा गरी हटाइएको कर्फु साँझ ५ बजे देखि पुनः लगाइएको थियो । कर्फु हटाइए पछि त्यहाँको जनजीवन अहिले सामान्य बन्दै गएको छ ।
प्रशासनका अनुसार कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फु लगाइएको हो ।
दुर्गा पुजाका मूर्ती विसर्जन गर्ने क्रममा शनिबार स्थानीय हिन्दु र मुस्लिम समुदाय बीच विवाद बढे पछि जिल्ला प्रशासन कार्यालयले कर्फु लगाएको हो । आइतबार राती कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ती विसर्जन गरिएको थियो ।
प्रतिक्रिया