मायादेवी अनलाइन, कृष्णनगर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजे देखि पुन कर्फु लगाएको छ । आज विहान ८ बजे देखि दुई चरणमा हटाएको कर्फु पुन लगाएको हो । प्रशासनले सोमबार विहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो १२ बजे देखि दिउँसो ५ सम्म दुई चरणमा गरी कर्फु हटाएको थियो । तर जिल्ला प्रशासन कार्यालयले साँझ ५ बजे देखि अर्को आदेश जारी नहुँदा सम्म कर्फु लगाएको जनाएको छ ।
शनिबार देखि अशान्त बनेको भारतीय सिमावर्ती कृष्णनगरमा आइतबार साँझ देखि कर्फु लगाइएको थियो । सोमबार विहान देखि कर्फु हटाइए पछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको भएपनि साँझ देखि कर्फु लगाइएको छ ।
प्रशासनका अनुसार कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फु लगाइएको छ ।
दुर्गा पुजाका मूर्ती विसर्जन गर्ने क्रममा शनिबार स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदाय बीच विवाद बढे पछि जिल्ला प्रशासन कार्यालयले कर्फु लगाएको हो । गएराती कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ती विसर्जन गरिएको थियो । दशैको भोलीपल्ट एकादशी तिथीमा दुर्गा पूजाको मूर्ती विसर्जन गरिदै आए पनि यसबर्ष विवाद भएपछि दशैको पर्सिपल्ट द्धादसी तिथीमा मूर्ती विसर्जन गरिएको हो ।
५ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया