गणेश बेल्बासे, अर्घाखाँची ।
काठमाडौं कलाकार समाजको आयोजनामा शितगंगाको ठाडामा आइतबार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी एवम् शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले सामाजिक तथा साँस्कृतिक विकासमा अब युवाहरुले अहम भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।
पछिल्लो समय यस नगरमा देश विदेशमा रहेका युवा नेतृत्वका संस्थाहरूले नगरपालिकाले गर्न नसकेका कार्यहरु समेत गरेर उदाहरणिय कार्य गरेको बताउनुभयो । समृद्ध नगरको लागि सबै युवाहरू एक भएर लाग्नुपर्नेमा सबैलाई आवहान गर्नुभयो । साथै समस्त नगरबासीहरुलाई दशै, दिपावली तथा छठको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
विजया दशमीको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम सँगै भएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । कला संस्कृतीको संरक्षणमा योगदान गर्ने अग्रज कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन भन्ने मूल नाराको साथ २०७३ सालमा उक्त संस्था अर्घाखाँची काठमाडौं कलाकार समाजको नाममा स्थापना भएको थियो ।
कार्यक्रममा शितगंगा नगरपालिकामा जन्म भई सोही ठाउँमा बसेर तथा देश बिदेशमा रहेर पनी समाज सेवामा उच्च कार्य गर्ने व्यक्तीहरुलाई नगर प्रमुखद्वारा सम्मान कार्यक्रम गरिएको थियो । त्यस्तै अर्घाखाँची काठमाडौं कलाकार समाज र अर्घाखाँची जिल्ला लाई नै प्रचारप्रसार गरेर सहयोग गर्ने पत्रकारहरुलाई पनी उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।
अर्घाखाँची जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यमा, कलाकार समाजले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मधुसुधन बन्जाडेले बताएका छन ।
५ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया