१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सरकारी कार्यालय खुले, कर्मचारीको उपस्थिती न्यून, सेवाग्राही आएनन



मायादेवी अनलाइन, वाणगंगा ।

दशै विदा पछि आइतबार देखि सरकारी कार्यालय खुले पनि त्यति चहलपहल देखिएन । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भएतापनि सेवाग्राही भने न्यून रहे । यस्तै जिल्लाका १० स्थानीय तह पनि दिनभर खुले पनि सुनसान जस्ता भए ।

नेपाल सरकारले सरकारी कर्मचारीलाई दशैँ बिदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले कर्मचारीलाई विभिन्न कार्यालयमा खटाए तापनि सरकारी कार्यालयमा सेवाग्राही धेरै नआएका हुन ।

यता कर्मचारी पनि कार्यालयमा न्यून उपस्थिती भएका छन । कार्यालय कार्यलय सहयोगीले खोले पनि अधिकृत स्तर देखि माथिका कर्मचारी कमै मात्रामा कार्यालयमा उपस्थित भएका छन ।

बडादशैँको बाह्रौँ दिन आइतबार पनि सो कार्यालयमा कर्मचारी आएका छन् तर अरु दिनभन्दा सेवाग्राही धेरै कम रहेको सरकारी कार्यालयले जनाएका छन ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  ३ : २० बजे