१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

आज कपिलवस्तुका विभिन्न स्थानमा सरायजात्रा निकालिदै



मायादेवी अनलाइन, वाणगंगा ।

हिन्दूहरुको ठूलो चाड विजयादशमी अन्तर्गत आज तृयादशीको दिन कपिलवस्तुको भलवाडमा रहेको दुर्गा मन्दिरमा पनि सरायजात्रा निकालिने भएको छ । परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि आज सरायजात्रा सुरु गरिने बताइएको छ ।

पुजाघरमा राखिएको फुलपाति बिर्सजनका लागि बाजागाजा सहितको टोली नजिकैको खोलामा सराय खेली विर्सजन गर्ने वताईएको छ ।

यस्तै आज नै कपिलवस्तुको चन्द्रौटामा सरायजात्रा र फूलपाती विसर्जन गरिने भएको छ ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा कपिलवस्तुका सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न चन्द्रौटाको दुर्गा भवानी मन्दिरमा सराय जात्रा र फूलपाती विसर्जन गरिने हाम्रा सहकर्मीले जनाएका छन । यता अर्घाखाचीका विभिन्न स्थानमा पनि आज पनि सरायजात्रा निकालिदै छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  २ : ५५ बजे