११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

चित्र बहादुर केसी भन्छन्, ‘चोर बाटोबाट ल्याएको संघीयता खारेज गर्नुको विकल्प छैन’



मायादेवी अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकलाई समृद्ध बनाउनको लागि संघीयता खारेज गर्नुको विकल्प नभएको बताउनु भएको छ । अध्यक्ष केसीले यहाँका ठुला नेताहरुले हचुवाको भरमा संघीयता भित्त्राउदा त्यो भन्दै अहिले मुलुकको लागि पासो भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केसीले मुलुकमा पछिल्ला समयमा देखिएका सबै समस्याको जड संघियता नै भएको प्रष्ट पार्नुभयो ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला नेता ऋखिराम शर्माकी आमाको १२ औँ दिनको पुण्य तिथिमा आयोजना भएको शोक सभालाई वाणगंगा ८ चप्परगाउँमा सम्बोधन गर्दै नेता केसीले संघीयता खारेज नभए मुलुक इथियोपिया, नाइजेरिया, र सुडानकोे हालतमा पुग्ने भन्दै छिमेकी भारतले नै तराइलाई अलग गर्न सक्नेतर्फ सचेत गराउनुभयो ।
नेता केसीले मुलुकमा भएका परिवर्तन मध्ये गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता ठिक भएको तर संघीयता कुनै हालतमा ठिक नभएको भन्दै खारेज हुनैपर्ने बताउनुभयो । कर्मचारी प्रदेश र स्थानीय तहमा झर्न नमान्ने प्रवृत्तिले पनि संघीयता व्यवहारिक नभएको बताउँदै केसीले भन्नुभयो– “विना अध्ययन विदेशी दलालको प्रलोभनमा चोरबाटोबाट नेपालमा संघीयता घुसाइएको छ ।” नेता केसीले प्रदेश सरकारको कामै नभएको भन्दै प्रदेशका नेता र कर्मचारीमा हुने खर्च स्थानीय नगरपालिका र गाउँपालिकामा झारेर तिनलाई बलियो बनाउनु पर्ने तर्कभयो । मुलुकको निकास संघियता नभएर प्रजातान्त्रिक विकेन्द्रियता नै भएको केसीको ठहर छ ।
जनतालाई जथाभावि कर थोपरेर संघियता कार्यान्वयन हुन नसक्ने भन्दै नेता केसीले आर्थिक हिसाबले नै संघियता धरापमा परिसकेको बताउनु भयो । अनावश्यक रुपमा जनताको ढाडमा करको भारी बोकाउँदा त्यसले झन् समस्या निम्त्याउने नेता केसीले बताउनुभयो ।
मुलुकमा पछिल्ला समयमा देखा परेका गतिविधले सरकार असफल बनाउनको लागि ठुलो षडयन्त्र भइरहेको उहाँले बताउनुभयो । वर्तमान सरकारलाई असफल बनाउनको लागि देशी विदेशी शक्ति केन्द्रले दाउ खेलेको भन्दै यसमा सरकार सचेत रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दोय गिरीधारीलाल न्यौपाने, बलराम अधिकारी, विमला घिमिरे, नेकपा कपिलवस्तु संयोजक झविलाल पोख्रेल लगायतले बोल्दै स्वर्गिय गोमा पाख्रेलले वामपन्थी आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।
उहाँहरुले नेपालले नयाँ कुराको अभ्यास गरिरहेकाले मुलुकमा केही समस्या रहेको भन्दै नआत्तिन हाग्रह गर्नु भयो । स्वर्गिय पोख्रेलकी कान्छी बुहारी मेनका शर्माको अध्यक्षतामा सम्पन्न शोक सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम खरेल लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  २ : ३९ बजे