मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा हिजो साँझ ५ बजेदेखि लगाएको कर्फू हटाएको छ । आज विहान ८ बजे देखि दिउँसो १२ बजे सम्मका लागि कर्फु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदाय बीच विवाद बढे पछि जिल्ला प्रशासन कार्यालयले कर्फु लगाएको थियो ।
कर्फु हटेपछि भारतीय सिमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबार देखि बढेको विवाद आज देखि सामान्य बनेको हो । गएराती कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ती विसर्जन गरिएको थियो । दशैको भोलीपल्ट एकादशी तिथीमा दुर्गा पूजाको मूर्ती विसर्जन गरिदै आए पनि यसबर्ष विवाद भएपछि दशैको पर्सिपल्ट द्धादसी तिथीमा मूर्ती विसर्जन गरिएको हो ।
कृष्णनगर बजार क्षेत्रमा बडादशैको भोली पल्ट दुर्गा पुजाको मूर्ति विसर्जन गर्ने कार्यमा स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा कर्फु लगाएको हो । मूर्ती विसर्जन गर्न जाने बाटोको विषयमा दुई समुदाय बीच झगडा भएको थियो ।
प्रशासनले कर्फु कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फुयु लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया