काठमाडौं ।
विजयादशमी पछिको त्रयोदशी तिथि । मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आइतबार पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जान बसपार्कहरूमा सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो छ । अर्को्तिर आइतबारदेखि नै सरकारी कार्यालय खुलेकाले काठमाडौँ फर्किनेको घुइँचो पनि त्यतिकै छ ।
यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या भएको छ । नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा मान्यजनको हातबाट थाप्ने परम्परा छ ।
घरमा टीका थापेपछि अन्यत्र टीका थाप्न जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । तराईमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन भए पनि नेपालका पहाडी अधिकांश जिल्लामा पूर्णिमासम्म टीका लगाउने चलन छ ।
५ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया