मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेदेखि कर्फू लगाएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले भारतीय सिमा क्षेत्रको बजार कृष्णनगर बजार क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फु लगाएको जानकारी दिनुभयो ।
प्रजिअ पोख्रेलले कृष्णनगर बजार क्षेत्रमा बडा दशैको भोली पल्ट दुर्गा पुजा मूर्ति विसर्जन गर्ने कार्यमा स्थानीय समुदायबीच भएको विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा आजदेखि कर्फु लगाउनु परेको बताउनुभयो ।
कार्तिक ४ गते साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फुयु लगाउने निर्णय गरेको हो ।
कर्फुको समयमा कसैलाई पनि घर बाहिर ननिस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कर्फु आदेश जारी गरिएको छ ।
४ कार्तिक २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया