१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लक्ष्मणघाटमा यसरी सेलाइयो दुर्गा पूजाका मूर्ती (फोटो फिचर)



मायादेवी अनलाइन, वाणगंगा ।
बडादशै अन्तर्रगत नवदुर्गाको अवसर पारि कपिलवस्तुको विभिन्न स्थानका चोक चोकमा पुजाको रुपमा राखिएको दुर्गाको मूर्तीलाई शनिबारदेखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका समुदायले नवदुर्गा भरी दुर्गालाई बिशेष तरीकाले मुख्य मुख्य बजारमा राखि पुजाआजा गर्ने गर्दछन् ।

यसैबीच शनिबार धार्मिकस्थल लक्ष्मणघाट नदीमा शनिबार कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानबाट ल्याइएका सयौ दुर्गा पूजाका मूर्तीहरु विर्सजन गरिएको छ । हजारौको संख्यामा आएका भक्तजनको सहभागीतामा मूर्ती विसर्जन गरिएको लक्ष्मणघाट सामाजिक विकास संस्थाका कोषाध्यक्ष सन्दीप न्यौपानेले जानकारी दिनुभयो । भक्तजनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा कार्यालय र विभिन्न संघ संस्थाले व्यवस्थित पार्ने काम गरेका थिए । शान्त र मर्या्दित तरिकाबाट मूर्ती विसर्जन भएको न्यौपानेले बताउनुभयो । तस्बीर सौजन्य- सौगात पौडेल

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  ३ : १६ बजे