मायादेवी अनलाइन, कपिलवस्तु ।
हिन्दूहरुको ठूलो चाड विजयादशमी अन्तर्गत एकादशी देखि पुर्णीमा सम्म देशका विभिन्न स्थानमा धार्मिक पराम्परा अनुसार सराय जात्रा निकाल्ने चलन छ । शनिबार एकादशी तिथीमा अर्घाखाची, गुल्मी र कपिलवस्तु जिल्लाका केहि स्थानमा सराय जात्रा निकालीएको थियो ।
यसैबीच सोमबार तृयादशि तिथीमा कपिलवस्तुको भलवाडमा रहेको दुर्गा मन्दिरमा पनि सरायजात्रा निकालीने भएको छ । परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि सोमबार सरायजात्रा सुरु गरिने भलवाड सहकर्मी बाबुराम रायमाझीले जानकारी दिनुभएकोछ ।
पुजाघरमा राखिएको फुलपाति बिर्सजनका लागि बाजागाजा सहितको टोली नजिकैको खोलामा सराय खेली विर्सजन गर्ने वताईएको छ ।
यस्तै हिन्दूहरुको महान पर्व वडादशैंको तृयादशीको अवसरमा सोमबार कपिलवस्तुको चन्द्रौटामा सरायजात्रा र फूलपाती विसर्जन गरिने भएको छ ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा कपिलवस्तुका सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न चन्द्रौटाको दुर्गा भवानी मन्दिरमा सराय जात्रा र फूलपाती विसर्जन गरिने हाम्रा सहकर्मीले जनाएका छन ।
यसैबीच हाम्रा अर्घाखाँचीका सहकर्मी विष्णु कुमार आलेका अनुसार आइतबार ठाडामा भव्य सरायजात्रा निकालिने भएको छ । ठाडा भगवती मन्दिरमा आजभव्य सराजजात्रा निकालिन लागिएको हो । हरेक बर्ष विजयादशमी पछिको द्धादसी तिथिमा निकालिदै आइएको सरायजात्रा आज निकालिन थालिएको हो ।
४ कार्तिक २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया