मायादेवी अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आज कपिलवस्तु आउँदै हुनहुन्छ । एउटा शोक सभामा सहभागी हुन केसी कपिलवस्तु आउन लाग्नु भएको राजमोका नेता माधव भाट क्षेत्रीले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चा कपिललवस्तुका जिल्ला नेता चप्परगाउँ निवासी ऋषिराम शर्माकी आमा स्व. गोमा पोख्रेलको तेह्रौ दिनको पुण्य तिथीमा आयोजना हुन लागेको शोक सभालाई केसीले विहान ११ बजे सम्बोधन गर्नु हुने छ ।
उहाँले त्यहाँ समसमायिक बिषयमा आफ्नो धारण राख्नु हुने पाटीले जनाएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका केसी जिल्ला आउने भए पछि यहाँका बिभिन्न राजनैतिक दलका नेता, पार्टीका नेताको बाक्लो उपस्थिति रहने छ ।
नेता शर्माकी आमाको गत असोज २४ गते निधन भएको थियो । आमाको निधनमा नेता शर्माले कुनै परम्परागत काजकिरिया नगरेको पाटीले जनाएको छ ।
प्रतिक्रिया