मायादेवी अनलाइन ।
रामेछापमा भएको सुमो दुर्घटनामा आमा छोराको मृत्यु भएको छ । रामेछाप नगरपालिका कुकुरकाटे भज्ङयाबाट गोठगाउँ जादै गरेको ना १ ज ४८१२ नम्बरको सुमो रामेछाप नगरपालिका २ खरानेपाखामा दुर्घटनामा परेपछि दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ ।
सुमो सडकबाट तीन सय मिटर तल खसेको छ । दुर्घटनामा रामेछाप नगरपालिका १ गोठागाउँकी ६० वर्षीया ललीमाया कार्की र ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको हो । घाइते सातजनाको अवस्था समेत गम्भीर रहेको छ । सबै घाइतेको मन्थली अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया