किरणमान बज्रचार्य । दीपा महत, मायादेवी अनलाइन ।
कपिलवस्तु कारागारका ३ सय बढि कैदी बन्दीले पनि हर्षोउल्लासका साथ दशै मनाएका छन् । कारागारमा अवस्थीत कैदीबन्दीले आज एक आपसमा खुसीयाली साटासाट गरी वडा दशै मनाएको जेलर संतोष थापाले जानकारी दिनुभएको छ । कपिलवस्तु बाल गृहमा अवस्थित अनाथ बालबालिकाले पनि वडा दशै मनाएका छन् । बाल गृहमा रहेका १८ बालबालिकाले वडादशै मनाएको बताइएको छ । स्थानीय संघसंस्थका प्रतिनिधी, समाजसेवी तथा मान्यजनबाट बालबालिकाले टिका प्रसाद र आर्शिबाद ग्रहण गरेका छन् ।
पथ्थरकट्टा समुदायलाई दशैले छोएन
विजया दशमीमा मुलुकभर खुशीयाली मनाईरहेका बेला सदरमुकाम तौलिहवा आनन्दवागका पथ्थरकट्टा समुदायलाई भने विजया दशमीको कुनै रौनकताले छुन सकेन । हरेक वर्ष जस्तै यस वर्षको दशैमा पनि उनी मेहनत मजदुरी गरेर सांझ विहानको छाक टार्न व्यस्त रहे ।
अरुले दशै तथा दिपाावली पर्व मनाउन विभिन्न तयारी गरिरहदा यहांका पथ्थरकट्टा समुदायलाई भने आफ्नै कामको चटारो छ । उनीहरुको अनुहारमा दशैको कुनै रौनक र उत्साह पनि देखिदैन ।
सरकारले अल्प संख्यक जातिका रुपमा सुचीकृत गरेको पत्थरकट्टा समुदाय ढुंगाबाट मसला पिस्ने लोहोरो, चनौटो र जातो बनाउने जातिका रुपमा परिचित छन् । दिनभरि काम नगरी उनीहरुलाई हातमुख जोर्न पुग्दैन । अनि त कसरी दशै मनाउने ? उनीहरु चिन्तित बनेका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यद्धारा प्रदान गरिने सेवाबाट बञ्चित यहाका पत्थरकट्टाले आर्थिक अभावका कारण कुनै पनि चाडवाड राम्ररी मनाउन नपाएको बताउछन् । उनीहरुले धनी तथा अरु समुदायले दशैको बेला पकाईने परिबार, नयाँ लुगा, गरेको रमाईलो हेरेर नै चित्त बुझाउन बाध्य छन् ।
माल बिक्री नभए पछि पुखर््यौली पेशा समेत उनीहरुको संकटमा परेको छ । जिल्ला समन्वय समितिका अनुसार अल्पसंख्य जातिको रुपमा रहेको २ सय बढि पत्थरकट्टा परिवारको जिल्लामा बसोबास रहेको छ तर सवैको अवस्था भने उस्तै छ ।
आस्था समूहको दशैँ
आस्था समूहका युवाहरुले पनि हर्षोउष्लासका साथ दशै मनाए ।वाणगंगा नगरपालिका १ बैरिया स्थित आस्था समूहमा रहेका युवाहरुले दशै खुशीयाली साथ मनाएका छन् । ९८ वर्षीय ज्येष्ठ नागरिक लालमणी न्यौपानेले केन्द्रमा रहेका युवाहरुलाई टिका, जमरा, प्रसाद तथा आर्शिवाद दिनुभएको हो । बैरिया निवासी समाजसेवी न्यौपानेले बडादशैको दिन २४ जना युवाहरुलाई टिका तथा आर्शिवाद दिदै असल मार्गमा लाग्न प्रेरणा मिलोस भनेर दशैको शुभकामना दिनुभएको छ ।
आस्था समुह बुटवलद्धारा संचालित राजेश आस्था फाउण्डेशनमा रहेका युवाहरुलाई उपस्थित अतिथी तथा अभिभावकले दशैको शुभकामना दिदै समाजलाई लागु औषध सेवन मुक्त बनाउनुपर्ने बताउदै समाजमा सचेतना जरुरी रहेको जोड दिएका थिए । टिका तथा शुभकामना कार्यक्रममा एक नम्बर वडा अध्यक्ष बालकुमारी पन्थ, वडा सदस्य झलक बहादुर मल्ल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, समाजसेवी डोलकराम घिमिरे, भुवन न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।
आफनो छोराहरुलाई दशैको दिन टिका तथा आर्शिवाद दिन टाढा टाढाबाट पनि आफन्तजन आएको राजेश फाउण्डेशनले जनाएको छ । मद्यपान तथा लागु औषध उपचार केन्द्रमा कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, पाल्पा लगाएतका जिल्लाका ३० बढि युवाहरु रहेका छन् ।
प्रतिक्रिया