११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विधेयकको अभावले काम रोकियो सचेतक ढकाल



बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका कारण कार्यान्वयनमा जटिलता देखिएको बताउनुभएको छ ।

आज रुपन्देहीको सैनामैनामा आयोजित दशैँ तथा दीपावलीको शुभकामना आदान प्रदानमा उहाँले कतिपय काम विधेयकको अभावमा अगाडि बढ्न नसकेको जानकारी दिनुभयो ।

सचेतक ढकालले चाडपर्व सकिएपछि प्रदेशसभा शुरु हुने उल्लेख गर्दै प्रदेशसभा सञ्चालन गर्न विधेयक मन्त्रिपरिषदबाट पास भएको बताउनुभयो । विकास निर्माण तीव्र बनाउन सडक, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन भएको जानकारी दिँदै स्थानीय तहसँग मिलेर प्रदेश सरकारले काम गर्न खोजेको उहाँले बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका लागि कृषि, पशुपालन पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै रु ५० लाखको लागतमा मूर्गियामा आँखा अस्पताल सञ्चालन हुने लागेको जानकारी दिनुभयो ।

उहाँले स्मार्ट कृषि ग्राम बनाउने अवधारणा आएको र त्यसका लागि गृहकार्य भइरहेको बताउनुभयो । कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले पार्टी र निर्वाचित जनप्रतिनिधिबिीच समन्वयमा कमजोरी भएको औंल्याउँदै पार्टीले अनुगमन र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : २८ बजे