१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

३३ किलो सुनकाण्डका एक अभियुक्तलाई इन्टरपोलले युएइमा समात्यो



 

मायादेवी अनलाइन ।

३३ किलो सुन काण्ड सेलाएको र पक्राऊ परेका अभियुक्तहरुलाई उन्मुक्ति दिइरहेको बेला सुन प्रकरणका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठलाई प्रहरीले  दुवैबाट पक्राऊ गरी हिजो ३ बजे काठमाण्डौँ ल्याएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिनु भयो ।

समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा युएइबाट पक्राउ गरिएको थियो। जिल्ला अदालत मोरङमा श्रेष्ठ विरुद्ध फरार अभियुक्तका रूपमा मुद्दा दायर भएको छ। श्रेष्ठ सुन तस्करीसँगै हुन्डीको कारोबारीसमेत रहेको खुल्न आएको छ।

सुन काण्ड सेलाईरहेको बेला उनी पक्राऊ पर्नुले घटना सम्बन्धि थप रहस्य खुल्न सक्ने प्रहरीले जनाएको छ । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो।

प्रकरणमा संलग्न भनिएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, पूर्व्डिआइजी गोविन्द निरौला थुनामुक्त भइसकेका छन् । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  ३ : १८ बजे