मायादेवी अनलाइन ।
चाडपर्वको फाइदा उठाउँदै बढी भाडा असुल्ने सवारी साधनलाई यातायात व्यवस्था विभागले भटाभट कारबाही गर्न थालेको छ ।
दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको विभागले काठमाडौं ( बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उनीहरुले तोकिएकोभन्दा बढी भाडा असुलेको हुनाले
कारबाही गरिएको उहाँले बताउनुभयो । ती सवारीसाधनलाई एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ ।
बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं। ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं। १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले बताउनुभयो । दशैँका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उहाँले बताउनुभयो । लिएमा माथि उल्लेखित नं वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ ।
बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ ।उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ ।
प्रतिक्रिया