१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

विश्व हात धुने दिवस,सोमबार नेपालमा पनि मनाईंदै



मायादेवी अनलाइन ।
विश्व हात धुने दिवस सोमबार नेपालमा पनि मनाईंदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिख लाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालेको हो ।

तर नेपालमा खाना खानु अघि र खाना खाईसकेपछि मिचिमिचि हात धुने बानीको अविकास हुन सकेको छैन । जनचेतानाको अभावमा विशेष गरी दुर्गम क्षेत्रमा यो समस्या छ ।
नेपालमा झाडापखालाबाट ज्यान गुमाउनेमध्ये ८० प्रतिशतको सरसफाइ र खानेपानीको अभाव तथा ठीकसँग हात नधोएकै कारणले हुने गरेको छ ।

साबुन पानीले मिचीमिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञले बताएका छन् । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने उनीहरुको भनाई छ । विश्वमा सरसफाईमा ध्यान नर्पुयाउँदा हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १२ : ४१ बजे