१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रुपन्देहीमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण



बुटवल ।

४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले १०२ वर्षीया लक्ष्मीदेवी आर्चायलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जग्गासम्बन्धी समस्या समाधान गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सेवा प्रवाहमा समस्या आउँदा राज्य र नागरिकबीच दूरी वढ्न सक्ने शङ्का व्यक्त गर्नुभयो ।

नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रशासनिक झमेलाका कारण जग्गाको पूर्जा वितरणमा ढिलाइ भएको उल्लेख गर्दै १२० दिनपछि मात्रै जग्गाको नामसारी वा बेचविखन गर्न पाइने जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ४ : ४५ बजे