मायादेवी अनलाइन, कपिलवस्तु ।
वर्तमान सरकारले दैनिक उपभोग्यजन्य सामग्रीको मुल्य बृद्धि गरी जनतालाई ढाड सेक्ने मात्र काम गरेको नेपाली कांगे्रस कपिलवस्तुका सभापति एवं पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् । नेपाली कांगे्रस इकाइ समिति यशोधरा गाउँपालिका वडा नं ६ रगंपुरले आयोजना गरेको विजयादशमी तथा दिपावली र छठपर्वको अवसरमा उनले यस्तो वताएका हुन ।
विगतको सरकार भन्दा वर्तमान केपी ओली नेतृत्वको सरकारले इन्धन र खाद्यान्नमा अत्याधिक मुल्य बुद्धि गरी चाडवार्डमा जनतालाई सास्ती मात्र दिने काम गरेको समेत आचार्यले बताएका छन् । महंगी, अनावश्यक कर हटाउन र हत्या हिंसा गर्नेलाई तत्काल कारवाही गर्नको लागी आइतवार कांग्रेसले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने् समेत आचार्यले बताए ।
कार्यक्रममा वोल्दै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले सरकारले बहुमतको आडमा अराजक कार्यहरु गरेको बताए । देशमा वलत्कार, हत्या हिंसामा लागेका आरोपितलाई कारवाही गर्न नसक्नुले कानुन माथी नै प्रश्न चिन्ह खडा भएको पाण्डेयले बताए ।
सो अवसरमा क्षेत्रिय सभापति एवं यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले स्थानीय रुपमा स्रोतसाधनले भ्याए सम्म गाउंपालिकाले विकासका काम गरेको बताए । केन्द्रिय र प्रदेश सरकारको अन्यौलताले गर्दा काम गर्दा समस्या आएको वताए । इकाई सभापति राम प्यारे उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय सचिव देवेन्द्र कुमार पाण्डेय, वडा अध्यक्ष श्यामनारायण उपाध्याय वृहस्पति पाण्डेय, जगतनारायण दुवे लगायतले विजया दशमी तथा दिपावली र छठपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।
२८ आश्विन २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया