काठमाण्डौ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दाबी गर्नुभएको छ ।
मन्त्री विष्टले स्वाधीन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताउनुभयो । आज दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सार्नुभयो ।
उहाले मूलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । मन्त्री विष्टले गरिबी, अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया