काठमाण्डौ ।
गएराति म्याग्दीको गुर्जा हिमालमा पहिरो जाँदा चार नेपाली सहित ८ जनाको मृत्यु भएको छ । बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो ।
हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ । घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ ।
पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिरको हो । हावाहुरी सहित आएको हिमपहिरोले पर्यटहरू बसेको उक्त क्याम्प नै खसेको प्रहरीले जनाएको छ । ७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया