११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भएकै हो त कांग्रेस लचक ? सभापती आचार्य भन्छन, सुध्रिएर आए कारबाही फुकुवा हुन्छ



कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले सुध्रिएर आए कारर्बाहीमा परेकालाई फुकुवा गरिने बताउनुभएको छ । जिल्लाको तौलिहवामा नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्धारा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीमा अव अनुशासनलाई कडाइका साथ लैजाने बताउँदै उहाँले पार्टी नितिनियम भन्दा बाहिर गएकालाई एक पटक फुकुवाको अवसर दिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलमानले सरकारले जनतालाई दुख दिने बाहेक केही गर्न नसकेको बताउनुभएको छ । अन्यायमा परेका जनतालाई यस सरकारबाट न्याय पाउने आश मरिसकेको बताउदै नेता कमालले कांग्रेसले सजक भई नेपाली जनताको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै अभिषेक प्रताप शाहले बुद्धको बिषयमा सामाजिक सञ्चालमा आएको कुरा एकपक्षीय भएको बताउदै त्यो समाचार गलत भएको दाबी गर्नुभयो ।

कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आचार्य, सुधाखर पाण्डे, प्रदेश सभा सदस्य रिना नेपाल, महिला नेतृ सुमित्रा शर्मा, मिना केसी, बाणगंगाका मेयर मगंल प्रसाद थारु, बुद्धभूमिका मेयर केशव श्रेष्ठ, यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश पाण्डे, विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष युवराज केसि लगायतले आआफनो धारणा राख्नुभएको थियो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला नेता सहित करिव ५ सय बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७५ शनिबार ००:००  १ : १२ बजे