१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बीस घण्टा पछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो



नवलपरासी ।
नवलपरासीमा अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुलेको छ । राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो । बाटो बीस घण्टा सम्म अवरुद्ध भएकोे थियो ।

नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । विहीबार दिउसो ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । बिहीबार एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलाइएको थापाले बताउनुभयो ।

दाउन्नेमा सयौं ठाउंमा सडक भत्किएर ठूलाठूला खाडल हुंदा सवारी साधनहरु नियमित जसो घण्टौं जाममा पर्ने गरेका छन् । सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेका यात्रुहरु घण्टौं जाममा परेका थिए । प्रहरी उपरीक्षक थापाले सडक सञ्चालनमा आएकाले विस्तारै जाम हट्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  ८ : १७ बजे