१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

दशैको दोस्रो दिन, ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको आराधना



कपिलवस्तु ।
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको आराधना गरिदै छ । दुर्गादेवी, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले प्रसिद्ध हुनुहुन्छ । यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुनुहुन्छ ।
ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र नाना प्रकारको आभूषण धारण गर्नुहुन्छ । आफ्नो दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुहुन्छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : २३ बजे