दाङ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञ सहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आउनु भएको हो ।
यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ ।
लामो समयसम्म रिक्त दरबन्दीमा नौ नर्स काममा खटिएका अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिनुभयो । यसअघि चिकित्सक अभावमा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । (रासस)
२३ आश्विन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया