बिष्णु कुमार आले, अर्घाखाँची ।
काटिएको दरबन्दी फिर्ताको माग गर्दै अर्घाखाँची सितगंगा ५ जुकेनाका ४ बिद्यालयका अभिभावक वडा कार्यालयमा डेलिकेशन गएका छन् । शीतगंगा ५ जुकेनाका दुर्गा आधारभुत बिद्यालय, ज्ञानदिप आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र सुधा माध्यमिक बिद्यालयको एक एक ओटा दरबन्दी कटौती गरिएको भन्दै दरबन्दी पुन कायम गर्न माग गर्दै अभिभावकहरू वडा कार्यालयमा डेलिकेशन पुगेका हुन् ।
दरबन्दी कायम नभए सम्म बालबच्चालाई लेखपढ गर्न कठिन भएको तर भौगोलिक अध्यन नै नगरी हचुवाको भरमा दरबन्दी कटौती गरिएको प्रति हाम्रो आपत्ती भएको समाजसेबी तुल्सीराम पौडेलले बताउनुभयो ।
चुनावताका निजी बिद्यालय हटाएर सरकारी बिद्यालयलाई बोडिङ सरह बनाउने भन्दै भाषण गरेपनि अहिले ठिक त्यसको बिपरित भएको स्थानिय एक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पुनाराम पौडेलले बताउनुभयो ।
दरबन्दी काटेर बिद्यालय मर्च गरेपछी निजी बिद्यालयलाई प्रशय दिएको उनीहरूको भनाई छ । दरबन्दी कायम नभएसम्म आन्दोलन जारी रहने उनिहरूले बताएका छन् ।
प्रतिक्रिया