११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद आउँदैन : रविन्द्र मिश्र



बुटवल ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद नआउने बताउनुभएको छ । उहाले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गर्नुभयो ।
वर्तमान सरकारसँग समाजवादको कुनै नीति नै नभएको दाबी गर्दै मिश्रले काठमाडौंको महल र डेढ करोडको गाडी चढेर समाजवाद नआउने दाबी गर्नुभयो ।
शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिस्ट र समाजवादी हुनै नसक्ने भन्दै उहाले शब्दलाई खुकुलो र हल्का बनाएकोमा दुःख व्यक्त गर्नुभयो । पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भएकाले औचित्य समाप्त भएको उहाको तर्क छ ।
साझा विवेकशील पार्टी संगठन निर्माणमा आक्रामक ढंगले पेश भएको जानकारी दिँदै उहाले ३ महिने देशव्यापी अभियानले संगठन बलियो बनेको र आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा अघि आउने दाबी गर्नुभयो ।
संगठन विभाग प्रमुख मुमाराम खनालले पुराना दलको सान्दर्भिकता सकिएकाले आफ्नो पार्टी देशकै बलियो शक्तिका रुपमा उदाउने जिकिर गर्नुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  ४ : ४२ बजे