२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आगजनी सम्बन्धि खोज तथा उद्धार अभ्यास



इमरान खान, कपिलवस्तु ।
रुपन्देहीको कोतहिमाई गाउँपालिका वडा नं. ५ स्थित श्री आर्दश उच्च मा.बि. मझगावमा सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर रुपन्देहीको आयोजनामा “बिपद जोखिम न्युनिकरणका लागि लगानी बढा, आर्थिक क्षति घटाउ” भन्ने नाराका साथ बिपद जोखिम न्युनिकरण अन्र्तराष्ट्रिय दिवस मनाइएको छ ।

दिवसको अवसरमा रुपन्देहीको माझगावमा आयोजित “आगजनी सम्बन्धि खोज तथा उद्धार अभ्यास” अनुशिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बागटी रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरिक्षक अपार प्याकुरेल प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुभएको थियो ।
साथै कार्यक्रममा जिल्ला स्थित नमुना एकिकृत बिकास परिषदका पदाधिकारीहरु, बिभिन्न समाजिक संस्थाका पदाधिकारी, रेडक्रसका पदाधिकारी, मर्चवारी, सम्मारीमाई, कोटहिमाइ गाउँपालिकाका प्रमुख तथा सदस्य, आर्दश उच्च मा.बि.का विद्यार्थी, शिक्षक तथा स्थानीयबासी लगायतको उपस्थिती रहेको सशस्त्र प्रहरी बल नेपाल बागटीका प्रहरी निरिक्षक अपार प्याकुरेलले बताउनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  ३ : २९ बजे