१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

९ प्रतिशतले मात्रै पाए अन्तिम किस्ता, अरुले पाउने कहिले ?



शिवलाल सुवेदी, गुल्मी ।

भुकम्प गएको तिन बर्ष पुरा भएको छ । गुल्मी जिल्लामा पनि भुकम्प पिडीतको सख्या ४ हजार १ सयभन्दा बढी रहेको छ । भुकम्प पिडीतले विभिन्न किस्तामा गरि तीन लाख रुपैया अनुदान प्राप्त गर्छन । तर गुल्मीमा ४ हजार बढी भुकम्प पिडीतहरु भएपनि अहिलेसम्म अन्तिम किस्ता हात पार्नेको सख्या निकै न्युन रहेको छ ।

गुल्मीमा भुकम्प पिडीतहरुको सख्याका आधारमा १ अर्व २४ करोड ३२ लाख रुपैया वितरण हुनुपर्ने देखिन्छ । तर जिल्लामा यो रकमको सामान्य प्रतिशत भुकम्प पिडीतले मात्र अहिलेसम्म सवै किस्ता हात पारेका छन । गुल्मीमा हालसम्म ९ दशमलव ३३ प्रतिशत अर्थात ३ सय ८७ जनाले मात्रै तेस्रो किस्ता वापतको रकम लिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयले तथ्याङ्गमा उल्लेख गरिएको छ ।

अहिलेसम्म ३ हजार ९ सय १६ जना पिडीतले पहिलो किस्ता र १ हजार ७ सयले दोस्रो किस्ताको रकम लिएका छन् । सेवाग्राहीलाई पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ताबापत १ लाख ५० हजार र तेस्रो किस्ताबापत १ लाख रकम उपलब्ध गराउने ब्यवस्था रहेको कार्यालयले जनाएको छ । जिल्लाका भूकम्पपीडितलाई हालसम्म ४५ करोड ९७ लाख ७० हजार वितरण गरिएको छ । जसमा पहिलो किस्ताबापत १९ करोड ८५ लाख, दोस्रो किस्ताबापत २५ करोड ७४ लाख र तेस्रो किस्ताबापत ३८ लाख ७० हजार वितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाका कुल २ सय २८ जनाले रकम पाउनको लागि सम्झौता नै गरेका छैनन् । पहिलो किस्ताको रकम बुझेर पनि २ हजार २ सय भुकम्प पिडीतहरुले दोस्रो किस्ताको लागि निवेदन नै नदिएको कार्यालयले जनाएको छ । दोस्रो किस्ता बुझेर पनि १ हजार ३ सय ७९ जनाले तेस्रो किस्ताको लागि सम्झौता नै गर्न आएका छैनन । भूकम्पले सबैभन्दा बढी कालिगण्डकी गाउँपालिकामा क्षति पु¥र्याएको थियो । कालिगण्डकीमा मात्रै १ हजार ७० घरहरु पुर्णरुपमा क्षती भएका थिए । गाउँपालिकामा कुल १ हजार जनाले प्रथम किस्ता लिएका छन् । त्यस्तै ४ सय १६ जनाले दोस्रो  र १ सय ४२ जनाले तेस्रो किस्ताको रकम लिएको कार्यलयले जनाएको छ । भूकम्पबाट पिडीत भएकाहरुका अनुसार किस्ता लिने प्रक्रिया निकै झन्झटिलो भएको गुनासो गरेका छन् । कतिपयले रकम लिने प्रक्रिया नै नबुझेर अलमलिएको समेत बताएका ।

पटक–पटक वडा कार्यालयमा धाइरहनुपर्ने, त्यसमाथि पनि इन्जिनियर आउने समय थाहै हुँदैन धुर्कोट गाउँपालिका ४ जैसिथोककी रुमकला पोखरेलले भनिन् ‘किस्ता बुझ्ने प्रक्रिया धेरै झन्झटिलो छ ।’ यस्तै रेसुङ्गा नगरपालिका ६ की गीता विकका अनुसार पनि किस्ता बुझ्ने प्रक्रृया निकै अ¥ठारो भएकाले रकम नबुझेको बताईन । घरमा कोही छैनन, सवै कुरा बुझिएको छैन उनी भन्छिन“ हामीजस्ता सिधासोझालाई धेरै गाह्रो हुदो रहेछ ।’ उनले पहिलो किस्ता पाएको भएपनि अन्य किस्ता अहिलेसम्म नआएको बताईन ।

मापदण्ड अनुसार बन्दैनन घर

सरकारले भूकम्प पीडितहरुलाई सहयोग गर्नका लागि अनुदानको घोषणा गरेको हो । तर सेवाग्राहीले भने रकम पाउनकै लागि घर बनाउने गरेको पनि पाइएको छ । कतिपय भूकम्प पीडितहरुको विभिन्न प्रक्रिया पुगेपछि इन्जिनियरबाट सिफारिस समेत रोकिने गरेको छ । कम गुणस्तरका सामान प्रयोग गर्ने, देखाउनकै लागि घर बनाउने जस्ता कार्यबाट पनि रकम दिन समस्या परेको छ ।

कतिपय झारा टार्ने शैलिमा काम गरेको भेटिन्छ भुकम्प प्राधिकरणका एक कर्मचारलिे भने“मापदण्ड पनि पुरा हुँदैन कसरी किस्ताका लागि सिफारिस र प्रमाणित गर्ने ।’ कतिपयले मापदण्ड विपरित घर बनाईसकेकाले पनि अन्तिम किस्ता दिन समस्या परिरहेको उनको भनाई छ ।

स्थानीय तहका भूकम्प शाखाका इन्जिनियरहरुले सरकारको मापदण्डअनुसार घर निमार्ण भैरहेको प्रमाणित गरेपछि मात्र इन्जिनियरको सिफारिसका आधारमा सम्बन्धित वडा कार्यालय मार्फत हुदै अन्तिम किस्ता पाउने ब्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  २ : २० बजे