८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कांग्रेसको विधान संशोधन मस्यौदाका सुझावमाथि आजदेखि छलफल हुँदै



मायादेवी अनलाइन ।
नेपाली काङ्ग्रेसले आजदेखि सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदा उपरका राय सुझावमाथि छलफल गर्दैछ ।
विधान संशोधन मस्यौदा समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेपछि बिहीबारदेखि आजदेखि छलफल हुने काङ्ग्रेस केन्द्रीय सदस्य डीना उपाध्यायले जानकारी दिनुभयो ।

विधान संशोधन मस्यौदामाथि राय सुझाव लिन सम्बन्धित प्रदेशमा खटिएका विधान संशोधन मस्यौदा समितिका सदस्यबाट तयार गरेको आआफ्नो प्रतिवेदन पेश गरिसकेका छन् ।
समितिका संयोजक एवं काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त प्रतिवेदनउपर छलफल प्रारम्भ गर्ने निर्णय गरेको हो । काङ्गे्रसले यही असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्र्रिया कार्यक्रम गरी विधान संशोधनका लागि सुझाव तथा राय सङ्कलन गरेको थियो ।

प्रदेश नं १ को इलाम र मोरङ, प्रदेश नं २ धनुषा र पर्सा, प्रदेश नं ३ ललितपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की र बागलुङ, प्रदेश नं ५ दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा राय सङ्कलन गरिएको हो ।

सङ्घीय संरचनाअनुसार पार्टीको सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गएको भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : ०३ बजे