एजेन्सी ।
केही महिनाअघि अमेरिकको क्लोराडोमा अन्धाधुन्ध गोली प्रहारको घटना सेलाउन नपाउँदै अमेरिकाको साउथ क्यारोलिनामा फेरि बन्दुकधारीले अन्धाधुन्दा गोली प्रहार गरेको छ । बन्दुकधारीले सातजना प्रहरी अधिकारीमा गोली प्रहार गरेकामा एक प्रहरी अधिकारीको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
आक्रमणकारीले के कारणले यस्तो गरेको भन्ने खुलेको छैन र आक्रमणकारीको परिचय पनि खुलेको छैन ।
एक बन्दुकधारीले फ्लोरेन्समा बालबालिकाई बन्धक बनाएपछि प्रहरीसहितको सरकारी टोली उनीहरुको उद्धारका लागि पुगेको थियो । त्यसक्रममा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जना प्रहरी अधिकारी घाइते भएका हुन् ।दुई घण्टाको प्रयासपछि सबैलाई उद्धार गरी अस्पताल लगिएको स्थानीय अधिकारीले बताएका छन् ।अमेरिकामा अहिलेसम्म यो वर्ष ड्युटिमै रहेका बेला ११२ जनाको ज्यान गइसकेको छ।
अमेरिकामा सन् २०१७ मा बन्दुक आक्रमणमा परि १५ हजार भन्दा बढीको ज्यान गएको थियो । यस्तै अमेरिकामा हरेक वर्ष बन्दुक प्रहार गरी करिब २२ हजारले आत्महत्या गर्ने गरेका छन् ।फ्लोरेन्समा भएको घटनाबारे अनुसन्धान भइरहेको र एक आक्रमणकारी नियन्त्रणमा रहेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया