८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मुस्लिम समुदाय सरकार प्रति रुष्ट, भन्छन् राज्यले हेप्यो !



इमरान खान, कपिलबस्तु ।
नेपाल सरकारले सबै तहमा समानुपातिक धारणा ल्याए पनि अल्पसंख्यक मुस्लिम समुदायलाई अवसर नदिइएको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् । कपिलवस्तुमा भएको एक मदरसाको साधारणसभामा बोल्दै राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहूद खाँ नेपालीले राज्यले अल्पसंख्यक मुस्लिम समुदायलाई राज्यको समानुपातिक समावेशी सिद्धान्त अनुसार सेना, प्रहरी, शसस्त्र प्रहरी लगायतका अन्य निकायहरुमा कोटा नछुटयाएको प्रति अक्रोश व्यक्त गरे ।
उनले मदरसाको साधारणसभामा बोल्दै अल्पसंख्यक मुस्लिम पनि राज्यमा पछाडि रहेको दाबी गर्दै राष्ट्रको मूलधारमा ल्याउन सरकारले पहल नगरेको आरोप लागाए ।
जनसंख्याको आधारमा ४.३९५ प्रतिशत मुस्लिमको बसोबास भएको नेपालमा आफुहरुलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनले बताए । जनसंख्याका आधारमा समानुपातिक सिद्धान्त अनुसार अल्पसंख्यक मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहिकरणमा ल्याउन उनले जोडदार माग गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनी अलकुफीले नेपालको अल्पसंख्यक मुस्लिम बहुसंख्यक रुपमा हुँदा सम्म राज्यको ध्यान नगएको बताए । जनअन्दोलनमा पनि मुस्लिमहरुको अहम भुमिका रहेको भएपनि सरकारले मुस्लिम समुदायलाई भेदभाव गर्दै आइरहेको उनले बताए ।
सरकारले नेपाली मुस्लिमहरुको महान चाडपर्बमा बर्षौ देखि राष्ट्रिय बिदा दिने गरेकोमा अहिले उतm बिदा कटौती भएकोमा पनि आक्रोस पोखे ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  १० : ०२ बजे