मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुबासी होमराज आचार्यलाई सामाजिक तथा आर्थिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अन्तर्रािष्ट्रय अकुपेसनल हाइजिन एशोसिएसनले पुरस्कृत गरेको छ । बुद्धभूमि ४ बुड्ढी निवासी आचार्य लामो समय देखि सामाजिक अभियन्ता एवं श्रमिक अधिकारकर्मीको रुपमा स्थापित हुनुहुन्छ ।
अमेरिका तथा नेपालमा रही सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा काम गर्दै आउनु भएका आचार्य फस्ट ग्लोबल कोलाबोरेशनबाट पुरस्कृत हुनुभएको छ । साहित्यकार समेत रहनुभएका आचार्य गत सेप्टेम्बर २६ तारिखका दिन वाशिङ्गटन डीसिमा आयोजना गरिएको अन्तर्रािष्ट्रय बैज्ञानिक सम्मेलन समारोहमा सम्मानित हुनुभएको हो । उक्त सम्मान आचार्य लगाएत ग्लोबल फेअरनेस इनिसिएटिभ, वर्क प्लेस विथ आउट बोडर्स र काठमाण्डौं युनिभर्सिटीलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
३५ देशका बिभिन्न संस्थाका करिब बीस हजार सदस्य रहेको एशोसियसनले यो पुरस्कार पहिलो पटक दिएको हो भने अब प्रत्येक दुईदुई बर्षमा यो पुरस्कार कामदारको सुरक्षाको क्षेत्रमा प्रभावकारी समन्वयकारी भूमिका खेल्ने संस्था र अभियन्ताहरुलाई निरन्तर रुपमा दिईने बताइएको छ । पुरस्कार स्थापना संगै प्राप्त सफलतामा आफूले गरेको काम छानिएकोले निकै खुसी लागेको होमराज आचार्यले बताउनुभयो । त्यसक्षेत्रमा अझ आफुलाई काम गर्ने प्रोत्साहन मिलेको बताउदै आउने दिनमा उक्त सवाललाई व्यापकता बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपालमा बालश्रम एवं बाध्यकारी श्रमको अन्त्य गर्ने, जलबायु परिवर्तन र त्यसको प्रभावकाबारे समाजलाई सचेत बनाउने, मानवमैत्री विकासका पक्षमा वकालत गर्ने, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा र सम्बृद्धिमा जनताको गुणस्तरीय पहुँच पुर्याउनु पर्ने जस्ता अभियानमा आचार्य बर्सौं देखि जुटिरहेको हुनुहुन्छ । सरकार, नागरिक समुह, निजी क्षेत्र एवं श्रमिकहरुलाई एउटै टेबलमा ल्याई सन्तुलित सार्बजनिक नीतिको वकालत गर्ने आचार्यले बजार र उपभोक्ता उत्तरदायी नभएसम्म समाजमा परिवर्तन आउन कठिन हुने ठोकुवा गर्नुभयो ।
श्रमिक मैत्री उद्योग र उद्योग मैत्री नीति संगै सचेत उपभोक्ता र उत्तरदायी उद्यमी अभियान पनि उनले सुरु गरेका छन् । यस अवधारणाबाट सन्तुलित विकासको मोडल बनाउन सकिने आचार्यले बताउनुभयो ।
ग्लोवल फेयरनेश इनिसियटिभका प्रमुख आचार्यले कपिलवस्तु स्थित घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था लगाएत विभिन्न जिल्लामा वेटर व्रिक परियोजना कार्यान्वयन गरेको छ । परियोजनाले विभिन्न जिल्लाका ईटा उद्योगलाई बालश्रम मुक्त बनाउदै श्रमिकको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय काम गरेको छ ।
१७ आश्विन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया