कपिलवस्तु ।
मायादेवी गाउँपालिकाको डुमरामा रहेको मदरसामा पढ्नबाट बन्चित भएका २७ जना विद्यार्थीले सोमबार देखी पढ्न पाउने भएका छन् । मदरसा सञ्चालकले मदरसा मदरसा प्रवेशमा रोक लगाएपछि मायादेवी गाउँपालिका वडा नम्वर ६ डुमरामा रहेको जामियामतल उलवलुम असरूल फियातोहरत गर्ल्स कलेजमा अध्ययनरत २७ जना विद्यार्थी पढ्नबाट बन्चित भएको थिए ।
गर्ल्स कलेजमा अध्ययन गर्ने २७ जना विद्यार्थीलाई गत भदौं २६ गते देखी मदरसा प्रवेशमा रोक लगाइएको तथ्य जिल्ला प्रशासन कार्यालमा असन्तुष्ट पक्षका अभिभावकहरुले उजुरी गर्न आएपछि तथ्य खुलेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि नै प्रशासन कार्यालयले गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेशकुमार पाण्डेलाई घट्नाको प्रतिबेदन बुझाउन निर्देशन दिएको थियो । शिक्षा शाखा प्रमुख पान्डेले निर्देशनलाई पालन गर्दै विभिन्न चरणको छलफल पश्चात विवादको समाधान भएको जानकारी दिए ।
छलफलमा शिक्षा शाखा प्रमुख रमेश पान्डे, जामिया मतलउलवलुम असरुलफिया तोहरत गर्ल्स कलेजका व्यवस्थापन समितिका अब्दुल रहिममदनी, इलाका प्रहरी कार्यालय पकडी प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार पोखरेल, असन्तुष्ट अभिभावकबिच लामो छलफलबाट मदरसामा पठनपाठनको लागी सहमति भएको पाण्डेले बताए ।
१७ आश्विन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया