डिलाराम भुसाल, कपिलवस्तु ।
कपिलवस्तुमा १० वटा स्थानीय तहमा झोले डाक्टरको बिगबिगी बढ्दै गएको छ । सम्बन्धित निकायले कारवाही गर्न तत्परता नदेखाउदा कपिलवस्तुमा त्यस्ता गैर कानूनी डाक्टरहरुको बिगबिगी बढ्दै गएको हो । अनुगमन गर्ने निकाय मौन बस्दा यहाँका ग्रामीण भेग देखि शहर बजारमा कानुनी मान्यता नपाएका बंगाली भनिने झोले छाप डाक्टरको संख्या दिनानुदिन बढ्दै गएको छ ।
औषधी ब्यवस्था बिभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले पनि त्यस्ता डाक्टर र उनीहरुले संचालन गरेको औषधी पसलमा रोक नलगाउदा यहाँको जन स्वास्थय समस्या जटिल बन्दै गएको छ । ग्रामीण भेगमा मात्र नभै नगर क्षेत्र भित्र समेत यस्ता डाक्टरले खुलेयाम आफ्नो क्लिनीक खोलेर बसे पनि समन्धीत निकाय भने मौन बनेको छ ।
उनीहरुले यहाँ गैर कानूनी रुपमा औषधी पसल समेत सञ्चालन गरिरहेका छन् । औषधी पसल सञ्चालन तथा बिरामीको चेकजाँको लागि मेडकल काउन्सिल, औषधी व्यवस्था विभाग बाट अनिवार्य स्विकृति लिुनपर्ने भएपनि कपिलवस्तुमा सय भन्दा बढि अनुमति बगेरका औषधी पसल यस्ता डाक्टरद्धारा सञ्चाललत छन् ।
झोले छाप डाक्टर पसल मात्र नभई भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन् । यस्ता गैरकानूनी पसल तथा झोले डाक्टरहरु जिल्लाका ग्रामिण भेगमा जरा गाडेर बसेका त छन नै सदरमुकाममा समेत किराना पसल झै छ्यापछयाप्ती छन् ।
जिल्लामा कति झोले डाक्टर र दर्तावाल औषधी पसल छन र कति छैनन त्यसको तथ्याङ्क राख्ने निकाय समेत जिल्लामा छैन । जिल्लाका ८० प्रतिशत भन्दा बढि स्विकृती विना त्यस्ता औषधी पसल सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्यस्ता औषधी पसलहरुमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधीहरु विक्रि हुने गरेको छ ।
जसका कारण स्वास्थ्य सेवा झन जटिल बन्दै गइरहेको छ । झोले डाक्टरले ग्यारन्टीका साथ यौन रोग, हाईड्रोसील, हर्निया लागायतका आफनो क्लिनीकमा उपचार गरिन्छ भन्ने ब्यापक पैचार प्रसार गरेर आम जनाताको स्वास्थय माथी खेलवाड गरे पनि कसैले कारवाही गर्ने आट गरेको देखिदैन ।
यता राज्यबाट सेबा पुराउन नसकेका स्थानमा सि.एम.ए., ए.एन.एम र हेल्थ असिस्टेन्ट अध्ययन गर्ने व्यक्तिले रोजगारी पाउन नसक्दा ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाका साथै औषधी पसलहरु सञ्चालन गर्ने पनि जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा प्राप्त अनुगमन गर्ने प्रणाली नबसालेर सरकारले उनीहरुलाई उत्साहित गरेको औषधी व्यवसायी संघको आरोप छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योग्रन्द्र भगतले अनुमति वेगरका औषधी पसल तथा क्लिनिक खोलेर उपचार गर्र्नुु अवैधानिक कार्य भएको भन्दै जिल्लामा यसको सञ्जाल व्यापक भएको तर औषधी व्यवस्था विभागको जिल्लामा कार्यालय नहुदा अनुगमनको समस्या देखिएको बताउनुभयो ।
कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले झोले डाक्टर तथा गैर कानूनीरुपमा औषधी पसल संचालन भएको गुनासाहरु आए पनि हालसम्म कसैले कार्यालयमा लिखीत उजुरी भने नगरेको बताउनुभयो ।
प्रतिक्रिया