५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउने



बुटबल ।
प्रदेश ५ को मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गतेलाई प्रदेश स्थापना दिवस घोषणा गरेको छ । प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा दिने र विविध कार्यक्रम गर्ने पनि सरकारले निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम संचालन कार्यविधि पनि स्वीकृत गरेको छ । प्रदेश सरकारले प्रदेश ५ का ३५ स्थानीय तहमा गरिवी घटाउने उद्देश्यले मुख्यमन्त्री कार्यक्रम संचालन गर्न १७ करोड बजेट बिनियोजन गरेको छ । बैठकले नदीजन्य पदार्थ व्यवस्था कार्य्विधि पनि स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले जिल्ला सभा संचालन र जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
त्यस्तै प्रदेश ५ का बासिन्दाको सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक, संस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ का विभुषण सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता चौधरीले बताउनुभएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  १ : ५९ बजे