मायादेवी अनलाइन, कपिलवस्तु ।
जनसंख्याको हिसाबले कपिलवस्तुको दोस्रो समुदायका रुपमा रहेका थारु समुदायले आइतबार धुमधामका साथ बड्की अत्तवारी पर्व मनाएका छन् । कपिलबस्तु लगायत रुपन्देही, नवलपरासीका थारु समुदायले भव्य रुपमा आफ्नो महान पर्व बड्कि अत्तवारी मनाएका हुन् ।
यस्तै दाङ, बाके, बर्दिया, कैलाली लगायतका थारु समुदायले पनि आइतबार नै यो पर्व मनाएका छन् । गत बर्ष भने यो पर्व दाङ पश्चिम र दाङ पूर्वका थारु समुदायले फरक फरक मितिमा पर्व मनाएका थिए ।
बड्की अत्तवारी यहि दिन नै मान्नु पर्छ भन्ने नियम नभएकाले नेपालको पुर्ब र पश्चिमी जिल्लाहरुमा फरक फरक समयमा यो पर्व मनाईने गरेको थारु समुदायका अगुवा रामआक्रे थारु बताउनुहुन्छ ।
यहाँका थारु समुदायमा षष्ठि तिथी सम्म यो पर्व मान्दा अछुत हुन्छ भन्ने मान्यता रहेको छ । तथापि सुदुर पश्चिमी क्षेत्रका थारुले भने यसो भन्दैनन । अट्वारी थारु जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । आइतबारका दिन वर्त बस्नेले असन तथा नुन नखाई एकै प्रकारको अन्न साँझ मात्र खाई दिनभर उपासना गर्ने गर्दछन् ।
महिला, पुरुष सफा सुग्घर रही बेलुकी पख पुरी, हलुवाइ, फलफुल लगायतका प्रसादले भगवान सुर्यको पुजाआजा गर्ने गर्दछन् । आफ्नो मनोकांक्षा पुरा हुने धार्मिक विश्वासमा थारु समुदायले हरेक वर्ष यो पर्व मनाउने गर्दछन । थारु समुदायका अधिकांश पर्वमा मासुका परिकार प्रयोग गर्ने भएपनि बड्की अत्तवारीमा भने शाकाहारी मात्र प्रयोग हुने गर्दछ ।
प्रतिक्रिया