मायादेवी अनलाइन, कपिलवस्तु ।
आज थारु जातीहरुले बड्की अट्वारी पर्व धुमधामपूर्वक मनाउँदै छन् । यो पर्व थारु जातीको बाहुल्यता रहेका तराईका जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइन्छ । आज थारु समुदायका मानिसहरु एक आपसमा भेला भएर मिठामिठा परिकार, मिठाई आदि खाएर एक आपसमा शुभकामना साटासाट गर्ने गर्दछन् ।
थारु समुदायको लोकप्रिय चाड माघि पछि बड्की अट्वारीलाई लिने गरिन्छ । कपिलवस्तुमा पनि थारु समुदायमा यसको विशेष रौनक छ । बिभिन्न संघसंस्था तथा उद्योग धन्दामा काम गर्ने मजदुर तथा व्यक्तिलाई आज विदा दिने चलन छ । उनीहरु दिनभर बिभिन्न मिठामिठा भोजनहरु गरी साँझ धुमधामपूर्वक नाचगान गर्ने गर्दछन् ।
३१ भाद्र २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया