एजेन्सी ।
एसिया कप छनोट छनोट अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ । सुरूवाती दुई खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ ।
अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुई टिम ६ पटक खेलेका छन् ।
सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो। यस्तै २०१० को एसीसी ट्रफि एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।
२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।
पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको त्यो खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।
प्रतिक्रिया