मायादेवी अनलाइन, कपिलवस्तु ।
विद्यालय बाहिर रहेका वालवालिकाको लागि कपिलवस्तुमा वैकल्पिक कक्षा संचालन गरिएको छ । कपिलवस्तुको मायादेवी र सुद्धोधन गाँउपालिकामा कक्षा संचालन गरिएको हो । शिक्षा विकास तथा समन्वय ईकाइको सहकार्यमा दुवै गाँउपालिकाका ११ ठाँउमा कक्षा संचालन गरिएको छ । मायादेवी गाँउपालिकाको वडा नं १ पकडी, ४ पिपरा, ६ डुमरा, वडा नं ८ विजुवा र सुद्धोधन गाँउपालिकाको वडा नं ३ लवनी, र वडा नं ५ हथिहवामा कक्षा संचालन गरिएको हो ।
यसरी संचालन भएको वैकल्पिक कक्षामा ३ सय १० जना बालवालिका अध्ययन् गरिरहेका छन् । युरोपियन युनियन र उईवल्र्डको आर्थिक सहयोगमा ग्लोवल एक्सन नेपाल काठमाण्डौ र सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालन गरिएको कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी परियोजना पिक मार्फत कक्षा संचालन गरिको हो । दैनिक ४ घण्टा सम्म संचालन हुने वैकल्पिक कक्षा १ वर्ष सम्म संचालन गरिने र कक्षामा पढेका बालवालिकाहरुलाई पायक परेको नजिकको विद्यालयमा भर्ना गरि नियमिता गराउने उद्देश्यका साथ वैकल्पिक कक्षा संचालन गरिएकोे ग्लोवल एक्सन नेपालका टिम लिडर नारायण घिमिरेले वताउनुभयो ।
परियोजनाले अहिले विचैमा विद्यालय छाडेका, विद्यालय बाहिर रहेका, सिकाई स्तर कमजोर भएका बालवालिकाहरुलाई विद्यालय सम्म पुर्याउनका लागि ज्ञानवाटिका कक्षा, वैनी शिक्षाका लागि दिदी, सामुदायिक संस्था परिचालन जस्ता कार्यक्रमहरु संचालन गरेको टिम लिडर घिमिरेको भनाई रहेको छ । पिक परियोजनाले मायादेवी र सुद्धोधन गाँउपालिकाका विद्यालय वाहिर रहेका १५ सय वढि वालवालिकाहरुको पहिचान गरि भर्ना अभियान कार्यक्रम मार्फत १ हजार २ सय भन्दा वढि विद्यालय भर्ना गरेको तथा वाँकी रहेका बालवालिकाहरुको लागि ९० जना ठुलीदिदी, ७० जना सहजकर्ता परिचालन गरि कार्यक्रम संचालन गर्दै आएको सिद्धार्थ सामाजिक विकास केन्द्रका टिम लिडर अजय चौधरीले जानकारी दिनुभयो ।
यसैबीच कपिलवस्तुको सुद्धोधन गाँउपालिकाले यहि भदौ महिना भित्र भर्ना गाँउपालिका बनाउने तयारी गरेको छ । गाँउपालिका भित्रका सवै उमेर समूहका बालवालिकालाई विद्यालय भर्ना गरि पुर्ण भर्ना घोषणा गर्न लागिएको वताईएको छ ।
प्रतिक्रिया