२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

साइकल चढेर ७७ वटै जिल्ला पुग्ने लक्ष्य बोकेका बानिँया कपिलबस्तुमा



अराज सिहं बेल्बासे, कपिलबस्तु ।

साइकल यात्रा गर्दै नेपालको ७७ वटै जिल्ला पुग्ने सपना बोकेर हिडेका युवा ओम प्रकाश बानिँया मंगलबार कपिलबस्तु आएका छन सुनसरीको बराह क्षेत्र नगरपालिकाका वडा नं ५ का बानिया साइकल यात्रा गर्दै कपिलबस्तु आएका हुन् ।

३ वर्ष सम्म कतार बैदेशिक रोजगारको क्रममा पुगेका बानिया नेपाल फर्केर पर्यटन र धार्मिक स्थलको खोजीमा साइकल यात्रा गर्न थालेको बताएका छन् । देशलाई पर्यटन, कृषि र दक्ष युवाले मात्र विकास गर्न पर्ने भन्दै उनी साइकल यात्रा गरेरै नेपाल भरि यात्रा गर्ने भन्दै २०७५ साल बैशाख १९ गते गृह जिल्ला अथवा सुनसरीबाट आफ्नो साइकल यात्रा सुरु गरेका थिए ।

६१ वटा जिल्लाहरुमा साइकल यात्रा गर्दै ६२औँ जिल्लाको यात्रा गर्ने क्रममा बानिँया आज कपिलबस्तु आएका हुन । शान्ति, समृद्धि र स्थायित्वको नाराका साथ नेपालको झण्डा साइकलमा बोक्दै नेपाल भरी घुमी धार्मिक तथा पर्यटकीय स्थलहरुको स्थलगत अवलोकन गर्ने उद्देश्यले उहाँले उनी नेपाल यात्रामा निस्केको बताएका छन् ।

६ महिना भित्र नेपालको ७७ वटै जिल्लाहरुमा साइकल यात्रा गरि २०७५ साल असोज १७ गते काठमाण्डौँमा पुगेर समापन गरिने योजना रहेको छ तर वर्षायाम को कारण केही समय ढिलो हुन सक्ने साइकल यात्री ओम प्रकाश बानिँयाले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७५ मंगलबार ००:००  ८ : ३५ बजे